पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो « Khabarhub

पुस महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिना लागि वाणिज्य अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा कटौती गरेका छन् भने केही बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर पनि कटौती गरेका छन् । 

ब्याजदर कटौतीसँगै मंसिर महिनाको तुलनामा पुस महिनाका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ०.२७ प्रतिशतले घटेको छ भने संस्थागत निक्षेपको औसत ब्याजदरमा ०.२१ प्रतिशतको कमी आएको छ ।

पुस महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने ७ वटा बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.०३ र संस्थागततर्फ ३.५८ प्रतिशत रहेको थियो । ब्याजदर कटौतीसँगै पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ४.७६ र संस्थागततर्फ ३.३७ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।

पुस महिनाका लागि ब्याजदर घटाउनेमा हिमालयन बैंक सबैभन्दा अघि देखिएको छ, हिमालयनले व्यक्तिगततर्फ १.५० र संस्थागततर्फ १.४५ प्रतिशतले ब्याजदरमा कटौती गरेको छ ।

अन्य बैंकहरूमध्ये व्यक्तिगत मुद्दतीतर्फ राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई र प्राइमले ०.५०, प्रभुले ०.४०, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज र सानिमा ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेका छन् । त्यस्तै, कुमारीले ०.३८, नबिलले ०.२०, नेपाल बैंक र कृषि विकासले ०.१५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर कटौती गरेका छन् ।

पुस महिनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.१० प्रतिशतले कटौती गरेको छ । त्यस्तै, संस्थागततर्फ एभरेष्ट, कुमारी, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन र नबिल बैंकले संस्थागत मुद्दतीतर्फ मंसिर महिनाको तुलनामा पुस महिनाका लागि ब्याजदर कटौती गरेका छन् । 

यद्यपि, केही बैंकहरूले भने मंसिर महिनाको तुलनमा पुस महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । माछापुच्छ्रे, एनएमबी, सिटिजन्स, सिद्धार्थ, एनआइएएमबी र एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती दुवैतर्फ ब्याजदर स्थिर राखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : २० बजे

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे