जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट « Khabarhub

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको सरकारबाट अकास्मत बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब ११ दिन नेपाली सेनाको ब्यारेकमा बसे।

११ दिन सेनाको ब्यारेकमा बसेका ओलीलाई भक्तपुरको गुण्डुमा उतार्ने काम पोलिटब्युरो सदस्य महेश बस्नेतले गरे ।

ओलीका लागि ढाल बनेर उभिएका उनै बस्नेतले अहिले एमालेको एघारौँ महाधिवेशनमा पार्टी सचिव पदको टिकट पाएका छन् । उनलाई ओलीले आफ्नो रक्षाकवच बनेको पुरस्कारस्वरुप सचिव पदको टिकट दिएका हुन् ।

बस्नेतले एमालेको दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्यमा चुनाव जितेका थिए। उनी ओली गुण्डु उत्रिएपछि युवाहरू खटाएर सुरक्षामा तैनाथ हुन्थे । अर कोही नेता बोल्न नसकेका बेला सार्वजनिक रुपमा ओलिको पक्षमा बोलेका उनले युवाहरू पनि सडकमा उतारे ।

जेन–जी आन्दोलनपछि ओलीको राजनीतिक र सुरक्षात्मक पक्षमा सक्रिय भूमिका खेलेका बस्नेतलाई अहिले त्यसकै ‘गुन तिरेर’ रूपमा सचिव पदको टिकट दिइएको हो ।

जेन–जी आन्दोलन चर्किएपछि सत्ता संकटमा परेका ओलीलाई बस्नेतले भक्तपुरको गुण्डु पुर्‍याएर सुरक्षित बसोबासको व्यवस्था मिलाएका थिए।

आन्दोलन थेग्न नसकी भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली हेलिकप्टर चढ्दै मकवानपुर पुगेका थिए ।

ओलीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी बस्नेतले सम्हाले । अब गुण्डुमै ओलीका लागि कुटी निर्माणसमेत बस्नेतले थालिसकेका छन् । एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : ४३ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन