जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट « Khabarhub

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको सरकारबाट अकास्मत बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब ११ दिन नेपाली सेनाको ब्यारेकमा बसे।

११ दिन सेनाको ब्यारेकमा बसेका ओलीलाई भक्तपुरको गुण्डुमा उतार्ने काम पोलिटब्युरो सदस्य महेश बस्नेतले गरे ।

ओलीका लागि ढाल बनेर उभिएका उनै बस्नेतले अहिले एमालेको एघारौँ महाधिवेशनमा पार्टी सचिव पदको टिकट पाएका छन् । उनलाई ओलीले आफ्नो रक्षाकवच बनेको पुरस्कारस्वरुप सचिव पदको टिकट दिएका हुन् ।

बस्नेतले एमालेको दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्यमा चुनाव जितेका थिए। उनी ओली गुण्डु उत्रिएपछि युवाहरू खटाएर सुरक्षामा तैनाथ हुन्थे । अर कोही नेता बोल्न नसकेका बेला सार्वजनिक रुपमा ओलिको पक्षमा बोलेका उनले युवाहरू पनि सडकमा उतारे ।

जेन–जी आन्दोलनपछि ओलीको राजनीतिक र सुरक्षात्मक पक्षमा सक्रिय भूमिका खेलेका बस्नेतलाई अहिले त्यसकै ‘गुन तिरेर’ रूपमा सचिव पदको टिकट दिइएको हो ।

जेन–जी आन्दोलन चर्किएपछि सत्ता संकटमा परेका ओलीलाई बस्नेतले भक्तपुरको गुण्डु पुर्‍याएर सुरक्षित बसोबासको व्यवस्था मिलाएका थिए।

आन्दोलन थेग्न नसकी भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली हेलिकप्टर चढ्दै मकवानपुर पुगेका थिए ।

ओलीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी बस्नेतले सम्हाले । अब गुण्डुमै ओलीका लागि कुटी निर्माणसमेत बस्नेतले थालिसकेका छन् । एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : ४३ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको