एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य « Khabarhub

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् ।

पार्टीको जारी महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

अष्टलक्ष्मीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । शाक्य बाहिरिदै गर्दा उनले पाण्डेलाई अगाडि बढाएकी हुन् ।

पाण्डे एमालेको बौद्धिक नेतृमा पर्छिन्। पर्याप्त ज्ञान र क्षमता हुँदाहुँदै पनि पार्टीमा अवसर नपाएकी नेतृ हुन् उनी । स्थायी कमिटी सदस्य उनी महिला सहभागिता र समानताबारे पार्टी र बाहिर लामो समयदेखि काम गर्दै आएकी छन्।

विद्यार्थी आन्दोलनबाट उदाएकी पाण्डे २०३७ सालमा स्कुल पढ्दादेखि राजनीतिमा लागेकी थिइन्। २०६२ सालमा एमाले महिला विभागले लैङ्गिक मुद्दा सम्बन्धी आठ वटा बुँदा बनाएर पारित गर्दा त्यसको साक्षी उनले पुस्तकसमेत प्रकाशन गरेकी छन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला उपाध्यक्ष पदमा विभिन्न नेताहरूको उम्मेदवारी परिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : ५१ बजे

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय