एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य « Khabarhub

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् ।

पार्टीको जारी महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

अष्टलक्ष्मीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । शाक्य बाहिरिदै गर्दा उनले पाण्डेलाई अगाडि बढाएकी हुन् ।

पाण्डे एमालेको बौद्धिक नेतृमा पर्छिन्। पर्याप्त ज्ञान र क्षमता हुँदाहुँदै पनि पार्टीमा अवसर नपाएकी नेतृ हुन् उनी । स्थायी कमिटी सदस्य उनी महिला सहभागिता र समानताबारे पार्टी र बाहिर लामो समयदेखि काम गर्दै आएकी छन्।

विद्यार्थी आन्दोलनबाट उदाएकी पाण्डे २०३७ सालमा स्कुल पढ्दादेखि राजनीतिमा लागेकी थिइन्। २०६२ सालमा एमाले महिला विभागले लैङ्गिक मुद्दा सम्बन्धी आठ वटा बुँदा बनाएर पारित गर्दा त्यसको साक्षी उनले पुस्तकसमेत प्रकाशन गरेकी छन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला उपाध्यक्ष पदमा विभिन्न नेताहरूको उम्मेदवारी परिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : ५१ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम