महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल « Khabarhub

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै पुगेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको बहसलाई अघि बढाउन आफूलाई विश्वास गर्न उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा पोखरेल विभिन्न नेता तथा महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। पार्टीलाई समयअनुकूल अपडेट गर्ने, कार्यशैली र कार्यदिशा सुधार गर्ने लक्ष्यसहित आफूहरूको पक्षमा मतदान गर्न पोखरेल पक्षले आग्रह गरिरहेको छ।

प्रतिनिधिसँग संवाद गर्दै पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक रहेको बताए।

‘जनताको बहुदलीय जनवादबाट निर्देशित हाम्रो पार्टीमा प्रतिस्पर्धा सामान्य प्रक्रिया हो। साथीहरूले माया र विश्वास गर्नुहुनेछ भन्ने लागेको छ,’ उनले भने।

पोखरेल भोट माग्दै महाधिवेशनस्थलमा सक्रिय देखिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म महाधिवेशनस्थल पुगेका छैनन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १ : ०७ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको