ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा « Khabarhub

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा रहेकी रामकुमारी झाँक्री एमालेको ११औँ महाधिवेशनमा भने कुनै पनि प्यानलबाट पदाधिकारीको उम्मेदवार पाइनन् । 

पार्टीको महाधिवेशनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वको छुट्टा छुट्टै प्यानलले सोमबार पौने १ बजेसम्म तयार गरेको दुवै प्यानलले रामकुमारी झाँक्रीलाई पदाधिकारी तहको उम्मेदवारमा नराखेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको क्रममा एमाले अध्यक्ष ओलीमाथि निकै आलोचनासहित उत्रिएकी झाँक्री जेन-जी आन्दोलनपछि भने उनै ओलीको निकै प्रशंसा गर्दै एमालेमा फर्किएकी थिइन्, जसलाई आम मानिसहरूले सामाजिक सञ्जालमार्फत अस्वभाविक भएको भन्दै टिप्पणी गरेका थिए । 

तर, अध्यक्ष ओलीको निकै प्रशंसा गर्दै एमाले फर्किए पनि झाँक्रीले दुवै प्यानलबाट पदाधिकारी तहमा प्रतिस्पर्धा गर्नको लागि नअटाउने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १ : १२ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको