लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी « Khabarhub

लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा एकपछि अर्को समस्या देखिन थालेको छ।

महासचिव पदलाई लिएर उपमहासचिव प्रदीप ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेलको तीव्र असन्तुष्टि भएकाले बेला नेताहरूले विद्रोह थालेका छन् ।

यसअघि सचिव रहेका लेखराज भट्टलाई ओलीले त्यही पदमा दोहोर्‍याउन खोज्दा असन्तुष्टि जनाए । माओवादी पृष्ठभूमिका उनले सचिव पदमा नबस्ने घोषणा गरे ।

तर अहिले अध्यक्ष ओलीले उनलाई उपमहासचिव पदमा फर्काएका छन् । उनी उपमहासचिव पदबाट लड्ने भएपछि यसअघि जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल सचिवमा झरेका छन् ।

उता ओ‌लीका अर्का विश्वास पात्र राजेन्द्र गौतमले विद्रोह गरेका छन् । सचिव पद नपाएपछि गुण्डुबाट रिसाएर निस्किएका उनले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आफू स्वतन्त्र भएको घोषणा गरे ।

ओली कोशीबाट सचिवमा शेरधन राई र हिक्मत कार्कीलाई समेट्दा गौतम परेनन् । ओली टीममा नपरेपछि उनले अब स्वतन्त्र बनेर उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । उनले त्यही अनुसार स्वतन्त्र बनेर उपमहासचिव पदमा नोमिनेशन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०१ बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ