महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ « Khabarhub

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् । 

सोमबार भृकुटिमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टिमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए ।  

बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भए पनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे ।

केपी ओलीको टिमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहराइएको छ ।

त्यस्तै उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगायत छन् भने सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिकमत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन् । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ५० बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको