महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ « Khabarhub

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् । 

सोमबार भृकुटिमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टिमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए ।  

बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भए पनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे ।

केपी ओलीको टिमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहराइएको छ ।

त्यस्तै उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगायत छन् भने सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिकमत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन् । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन