प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ « Khabarhub

प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा अध्यक्ष केपी शर्मा ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् ।

खासगरी महासचिव पदका लागि सुरू भएको कलह अझै सकिएको छैन । महासचिवका दाबेदार प्रदीप ज्ञवालीले यो विवादका कारण बिहानै गुण्डुमा बसेको बैठकस्थल छाडेका थिए ।

ओली समूहले उपाध्यक्ष पदमा राखेका ज्ञवालीले अब भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पनि छाडेका छन् ।

ओली पक्षबाट पदाधिकारी दाबेदारहरूबीचको विवाद नथामिँदा ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।

महासचिव पद नपाए कुनै पदमा नउठ्ने घोषणा चार दिनअघि नै गुण्डुमा गरेका उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।

ज्ञवालीलाई फकाउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ लगाएका थिए ।

तर शंकर पोखरेललाई महासचिव बनाइएपछि असन्तुष्ट पौडेल र गुरुङले ज्ञवालीलाई साथ दिएका छन् ।

यो विवादमा उपाध्यक्षमा राखिएका वर्तमान उपमहासचिव गुरूङले यदि ज्ञवालीलाई महासचिव नदिने भए आफूले पनि मनोनयन दर्ता नगर्ने चेतावनी ओलीलाई दिएका छन् ।

ज्ञवालीले महासचिव पदमा जान नपाए केन्द्रीय सदस्य मात्रै बस्ने यसअघि बताएका थिए । तर अब उनले त्यस पदमा पनि नबस्ने भनेर भृकुटीमण्डप छाडेका छन् ।

यो विवादमा ज्ञवालीलाई साथ दिँदै गुरुङले आफूले पनि कुनै पदमा उम्मेदवारी नदिने चेतावनी ओलीलाई दिएका छन् । ‘यदि प्रदीप ज्ञवालीलाई बोलाएर महासचिव पदमा उम्मेदवारी नदिलाउने भए म पनि कुनै पदमा उम्मेदवारी दिन्नँ’, ओलीसँग उनको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शी एक नेताले भने ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : २७ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन