कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार « Khabarhub

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् ।

ललितपुरमा आज आयोजित ‘नेपाल फुड फोरम–२०२५’ को उद्घाटन सत्रमा उनले व्यवसायिकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए। उनले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 
 
उनले भने, ‘कृषि लगानी दशक (२०२४–२०३४) को घोषणा मार्फत प्रदर्शित सरकारको प्रतिबद्धतालाई पनि दोहोर्‍याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ ।’

मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिँदै उनले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता, र प्रविधि सञ्चालित रूपान्तरण मार्फत, हामी कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारामा दृढतापूर्वक ल्याउन सक्ने प्रतिबद्धता पनि व्यक्त गरे। 
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ४० बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका