पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी « Khabarhub

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा ढिलो गरी उम्मेदवारी दर्ता गराएर अवसरवादी प्रवृत्तिलाई एमालेले निरुत्साहित गर्नुपर्ने बताए।

गुरुङले उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै यो महाधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने र अराजकता हटाउनुपर्ने बताए ।

अबको नेतृत्वले संकटलाई उल्टाउन सक्नुपर्ने बताउँदै गुरुङले महाधिवेशनपछि एमाले नयाँ कार्य दिशा लिएर अगाडि बढ्ने दाबीसमेत गरे।

यसअगाडि महासचिवको दाबेदार रहेका उनी शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएपछि असन्तुष्ट थिए।

आफू पछि हटेर उपमहासचिव प्रदीप ज्ञवालीलाई महासचिव बनाउनुपर्ने अडान लिएका उनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यता ज्ञवालीले भने ओलीले दिएको उपाध्यक्ष पदमा उम्मेदवारी दिएनन् । उनले अब आफू कार्यकर्ता भएकाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ०२ बजे

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय