पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् । 

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । 

उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।

पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ४० बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी