पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् । 

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । 

उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।

पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ४० बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय