माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश « Khabarhub

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै कागजात झिकाउन आदेश दिएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा प्रकरणमा अनियमितता आरोप झेलिरहेका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा चलाउने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल, उजुरी र कागजात झिकाउन विशेषले आदेश दिएको हो।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दायर गर्दा प्रयोग गरिएका सबै कागजात अदालतमा पेश गर्न निर्देशन दिएको हो। अदालतले २०६९ साल मंसिर २५ गते अख्तियारले गरेको निर्णयको प्रतिलिपी पनि मागेको छ ।

आदेशअनुसार अख्तियारले मुद्दा चलाउने निर्णय गर्दाका फाइल, उजुरी, सरकारी साक्षी र प्रतिवादी पक्षका साक्षीहरू विशेष सरकारी वकिलको कार्यालयमार्फत पेश गर्नुपर्नेछ। ती साक्षीहरूलाई प्रत्यक्ष वा भिडियो कन्फरेन्समार्फत इजलासमा उपस्थित गराई बकपत्र गराउन पनि अदालतले निर्देशन दिएको छ।

यसअघि विशेष अदालतले तत्कालीन प्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटीसम्बन्धी आदेशमा पतञ्जलीसम्बद्ध कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने र पछि ती जग्गा अन्य व्यक्तिलाई बिक्री तथा वितरण गर्न दिनेबारे मन्त्रिपरिषदबाट भएका निर्णय विशुद्ध नीतिगत निर्णयको दायराभित्र पर्छन् वा पर्दैनन् भन्ने प्रश्न अन्तिम फैसलामा निरूपण हुने उल्लेख छ।

अदालतले अब अख्तियारबाट आवश्यक कागजात प्राप्त भएपछि मात्रै पतञ्जलि जग्गा अनियमितता प्रकरणको सुनुवाइ अघि बढाउने भएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ०८ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय