माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश « Khabarhub

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै कागजात झिकाउन आदेश दिएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा प्रकरणमा अनियमितता आरोप झेलिरहेका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा चलाउने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल, उजुरी र कागजात झिकाउन विशेषले आदेश दिएको हो।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दायर गर्दा प्रयोग गरिएका सबै कागजात अदालतमा पेश गर्न निर्देशन दिएको हो। अदालतले २०६९ साल मंसिर २५ गते अख्तियारले गरेको निर्णयको प्रतिलिपी पनि मागेको छ ।

आदेशअनुसार अख्तियारले मुद्दा चलाउने निर्णय गर्दाका फाइल, उजुरी, सरकारी साक्षी र प्रतिवादी पक्षका साक्षीहरू विशेष सरकारी वकिलको कार्यालयमार्फत पेश गर्नुपर्नेछ। ती साक्षीहरूलाई प्रत्यक्ष वा भिडियो कन्फरेन्समार्फत इजलासमा उपस्थित गराई बकपत्र गराउन पनि अदालतले निर्देशन दिएको छ।

यसअघि विशेष अदालतले तत्कालीन प्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटीसम्बन्धी आदेशमा पतञ्जलीसम्बद्ध कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने र पछि ती जग्गा अन्य व्यक्तिलाई बिक्री तथा वितरण गर्न दिनेबारे मन्त्रिपरिषदबाट भएका निर्णय विशुद्ध नीतिगत निर्णयको दायराभित्र पर्छन् वा पर्दैनन् भन्ने प्रश्न अन्तिम फैसलामा निरूपण हुने उल्लेख छ।

अदालतले अब अख्तियारबाट आवश्यक कागजात प्राप्त भएपछि मात्रै पतञ्जलि जग्गा अनियमितता प्रकरणको सुनुवाइ अघि बढाउने भएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन