कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ « Khabarhub

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा तीन सय ४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
    
जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएका हुन् ।

अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको छ ।  

जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दिए  । 

‘यो मङ्सिर महिनाभित्र ३४२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौँ’, उनले भने, ‘पक्राउ पर्नेमा फैसला भएर कैद तथा जरिवाना तिर्न बाँकी अदालतमा उपस्थित नहुने प्रतिवादी छन् ।’ 

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।  पक्राउ पर्नेमा लागूऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन् । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : २१ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी