मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण « Khabarhub

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण गरिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले आज लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका वन्यजन्तु पीडितलाई बैंक खातामा जम्मा हुने गरी क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरेको हो ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१-०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउन बाँकी २८  घरधुरीका १०५ वटा पशुधनको क्षति भएकामा सो क्षतिपूर्तिबापतको राहत रकम उपलब्ध गराएको जनाएको छ । 

प्रमुख उमेश पौडेलका अनुसार गत साल छुटेका र गत आवमा वन्यजन्तुबाट भएको पशुधन क्षतिबापत १५ लाख सम्बन्धित पशुधनीहरुको बैंक खातमा राहत रकम दाखिला गरिएको छ । 

एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुई स्थानीय तहका पशुधनीले पालेका घोडा १६ वटा, च्याङ्ग्रा ६३ वटा, भेडा २१ वटा र याक पाँच वटाको क्षतिबापतको राहत रकम वितरण गरिएको प्रमुख पौडेलले उल्लेख गरे ।

 एक्यापका अनुसार गत आवमा क्षति भएकामध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको थियो । 

यसैगरी चालु आवको पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्यापले जनाएको छ ।

गत असार ३१ गते माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुधनीहरुलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षतिपूर्ति बापत राहत रकम १२ घरधुरीलाई ११ लाख ३५ हजार सम्बन्धित पशुधनीको बैंक खातामा जम्मा हुने गरी उपलब्ध गराएको थियो ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ३३ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय