एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू « Khabarhub

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्यसहित केही आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

सार्वजनिक उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य पदका क्लस्टरमा ११ जनाको एक्काएक्लै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भए।
निर्विरोध निर्वाचित हुनेहरु

लुम्बिनी प्रदेश– महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल

मधेशी कलस्टर– युवातर्फ अमरकुमार यादव

समावेशी मुस्लिम महिला– खाजिदा खातुन सिद्धकी

समावेशी श्रमिक महिला– कमलादेवी श्रेष्ठ र सीता लामा

पिछडिएको क्षेत्रको महिला– वदमीक्वारी बुढा

प्रवास दक्षिण एशिया– हरिप्रसाद घिमिरे

४० वर्ष मूनिको केन्द्रीय सदस्य युवा– नरेश रोकाया र सुशिलकुमार थापा

केही केन्द्रीय सदस्यसँगै अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध भएका छन्। त्यस्तै लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : १९ बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार