आज २०८१ साल माघ ३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ ३ गते बिहीबारको राशिफल


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ३ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी १६ तारिख। माघ कृष्ण पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृष : तपाईंकै बोलीले विवाद बढ्नेछ। साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ।

मिथुन : बन्धुसँगको सहकार्य सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : सम्पत्तिको घमण्ड हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ।

सिंह : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मनमा उमंग बढ्नेछ। व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ।

कन्या : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ। राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्नेको समूह सक्रिय देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ। एकादश भावमा चन्द्रमा भएकाले व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : दिन सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। बिहान उठेर गणेशको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन सहज छ। बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ। मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : दिन चुनौतीपूर्ण छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। आठौ चन्द्रमा रहेकाले पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ।

कुम्भ : मन शान्त बन्ने योग छ। आज बनाएका योजना दीर्घकालीन बन्नेछन्। परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीन : घमण्ड बढ्दा साथी टाढा हुनेछन्। सुरुवाती साढेसाती दशा चलिरहेकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : ०३ बजे

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,