एनआरएन र नेपाली मूलका विदेशीलाई १० वर्षे फ्री भिसा ! « Khabarhub

एनआरएन र नेपाली मूलका विदेशीलाई १० वर्षे फ्री भिसा !

नागरिकताको अधिकारपछि अब लगानी र व्यवसायको अवसर


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गैरआवासीय नेपाली (एनआरन) बाट लिँदै आएको भिसावापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । उनीहरुले अब १० वर्षको भिसा निःशुल्क पाउने छन् ।

सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संशोधन गरेर फ्री भिसाको व्यवस्था गरेको हो । गैरआवासीय नेपालीहरु र नेपाली मुलका विदेशीले पाउँदै आएको १० वर्षे भिसामा अबदेखि शुल्क नलाग्ने अध्यादेशमा व्यवस्था छ ।

पुस २९ गते राष्ट्रपतिबाट जारी गरिएको अध्यादेशमा भनिएको छ, ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासी भिसा निशुल्करुपमा उपलब्ध गराइने छ ।’

साथै अध्यादेशले गैरआवासीय नागरिकताप्राप्त व्यक्तिले एक पटकमा दुई वर्ष अवधिका लागि बहुप्रदेश सुविधासहितको आवासीय भिसा निशुल्क पाउने समेत व्यवस्था गरेको छ ।

गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ ले सार्क मुलुक बाहेकका देशको नागरिकता लिएको नेपाली मूलको व्यक्तिलाई ‘नेपाली मूलको विदेशी’ मानेको छ र उसलाई ‘गैरआवासीय नेपाली’ को परिचयपत्र दिने प्रवन्ध गरेको छ ।

तर, त्यस्तो परिचयपत्र लिने व्यक्तिमा बुबा, आमा, हजुरबा वा हजुरआमा नेपाली नागरिक हुनैपर्ने ऐनले सीमा तोकेको छ ।

त्यस्तै, दुई वर्षसम्म सार्क मुलुक बाहेकका देशमा कुनै पेशा व्यवसाय गरी बसेको नेपाली नागरिकलाई ऐनले गैर आवासीय नेपाली (एनआरन) मानेको छ । तर, उसले विदेशको नागरिकता लिएमा गैर आवासीय नेपालीको परिचयपत्र रद्द हुने ऐनको दफा १७ मा व्यवस्था छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा संसदले संशोधन गरेको नागरिकतासम्बन्धी ऐनले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरेको थियो । उक्त नागरिकतासम्बन्धी विधेयकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले असहममति जनाउँदै संसदले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

संशोधित नागरिकता सम्बन्धी ऐनमा दफा ७क थप गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने प्रावधान राखिएपछि परिचयपत्र मात्रै पाउँदै आएका गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार बाहेकको नागरिकता पाउने बाटो खुलेको हो ।
संशोधित नागरिकता ऐनमा थपिएको दफा ७क मा गैरआवासीय नेपाली नागरिकताबारे भनिएको छ-

‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

यो पनि-

१२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ)

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ५१ बजे

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३