बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा « Khabarhub

बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो। गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे। मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे। बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।

बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले हराएको थियो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ७ : ०० बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा