आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट « Khabarhub

आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता आशिका तामाङलाई सरकारले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । 

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ । रिटको दर्ता नम्बर ००१५ रहेको छ ।

सामाजिक अभियन्ता तामाङलाई अभिव्यक्ति स्वतन्त्रता विपरीत सरकारले बुधबार गौशाला प्रहरी कार्यालयले गिरफ्तार गरेर हिरासतमा राखेको रिट निवेदनमा उल्लेख छ । 

उनलाई थुनुवा पूर्जीसमेत नदिई समातिएको आफन्तलाई समेत भेट्न नदिइएको भन्दै अदालतमा उपस्थित गराउन आदेशको मागसहित गौतमले रिट दर्ता गरेकी हुन् ।

यो पनि पढ्नुहोस् :

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ४४ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको