भूकम्पको संवेदनशीलता बुझेर सुरक्षित संरचना निर्माण गरौँ : मन्त्री यादव « Khabarhub

भूकम्पको संवेदनशीलता बुझेर सुरक्षित संरचना निर्माण गरौँ : मन्त्री यादव


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले विश्वका विभिन्न मुलुकसँगै नेपाल पनि भूकम्पको जोखिम युक्तमा पर्ने भएकाले भूकम्प प्रतिको संवेदनशीलतालाई बुझेर अनि मनन गरेर सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) द्वारा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

हाम्रो देश नेपाल विश्वमै ११ औँ स्थानमा पर्ने भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले विगतका भूकम्पले हाम्रो कमजोर संरचना र असुरक्षित विकासले कति ठूलो क्षति पुर्‍याउन सक्छ भन्ने पाठ सिकाएको मन्त्री यादवले बताए ।

उनले भने, ‘यस वर्षको सरकारी नारा समेत ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ’ रहेको छ । विगतका विपद् अनि भूकम्पहरूले पुर्‍याएका क्षतिलाई स्मरण गर्दै हाम्रा संरचनाहरूलाई भूकम्प प्रतिरोधी बनाउनु पर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूबारे सचेत गराउँदै हामीले अपनाउनुपर्ने तयारी र व्यवस्थापनका पक्षहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्नु पर्ने बताए । 

उनले भने, ‘गएको हप्ता, एक बिहानै, काठमाडौं उपत्यका हल्लियो, जब चीनमा ठूलो भूकम्प आयो हामी डरायौँ, प्रकृतिको अपार शक्तिलाई सम्झँदै आगामी दिनमा प्राविधिकहरूको सल्लाहमा मात्रै संरचना निर्माण गर्नु पर्छ ।’

यसैगरी चरम मौसमको अवस्थाले हाम्रो वातावरणमा असर गरिरहेको र भूकम्प, बाढी, पहिरो जस्ता विपद्हरूले हाम्रा पूर्वाधार, विशेष गरी खानेपानी प्रणाली, जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो असर पार्ने गरेकाले यस्तो अवस्थामा इन्जिनियरहरूको भूमिका अझ महत्त्वपूर्ण र अपरिहार्य रहेको मन्त्री यादवले दाबी गरे  । 

सरकारले इन्जिनियरहरूको महत्त्वलाई बुझ्दै विपद् व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको र नीति निर्माणदेखि योजना कार्यान्वयनसम्म, प्राविधिकको सल्लाह र सहभागिता आवश्यक रहने मन्त्री यादवले बताए । 

‘तपाईँहरूको कार्यलाई सहज बनाउन प्राविधिक, आर्थिक, र नीतिगत सहयोग उपलब्ध गराउन र पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोगको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्ने छ ।’उनले भने ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ५९ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ