पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु « Khabarhub

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पथरी –यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङग कार्कीले बताए। उक्त मैदानलाई विद्यालयलेसमेत प्रयोग गर्न मिल्ने उनको भनाइ छ ।

खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताए। वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए । 

यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा अझ फुटबलमा उपलब्धि हासिल गर्न सकिने मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताए। 

वडाको सक्रियतामा बन्न लागेको सो रङ्गशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्व राष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राई बताउँछन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : ०९ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा