दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि… « Khabarhub

दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि…


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी अश्लील भिडियो पठाएर चरित्रहत्या गरेको अभियोगमा दुईजना जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको हो ।

यसरी पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका-८ धुलेबेंसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरको षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीलाई सामाजिक सञ्जाल म्यासेन्जरमार्फत् पठाएको खुलेको छ ।

यस प्रकरणमा दुवैजना पीडित युवतीहरूले उजुरी दिएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ परेकाध्ये भोजपुरका कटुवालले प्रेमिका रहेकी युवतीसँग सम्बन्धमा रहँदा भिडियो र तस्बिर सहमतिबिना खिचेको खुलेको छ । उनले ती अश्लील भिडियो र तस्बिरहरू पीडित युवतीकी बहिनीको फेसबुक म्यासेन्जर) मा पठाई चरित्र हत्या गरेकोले भन्दै जाहेरी दिएकी थिइन् । आवश्यक कारबाही मागसहित ब्यूरोमा निवेदन दिएपछि प्राविधिक विश्लेषणका आधारमा प्रहरीले कटुवाललाई हिरासतमा लिएको हो ।

उनीहरूविरुद्ध उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर कारबाही थालिएको ब्यूरोका उपनिर्देशक एवम् एसपी दीपकराज अवस्थीले बताएका छन्।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : ०५ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार