१२ प्रतिशतले बढ्यो राजस्व संकलन  « Khabarhub

१२ प्रतिशतले बढ्यो राजस्व संकलन 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड तीन लाख राजस्व संकलन भएको थियो । कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए। 

‘चालु आवको छ महिनामा एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व संलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व संकलन भयो’, उनले भने ‘चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार संकलन हुनसकेन’ । 

कार्यालयले समीक्षा अवधिमा आयकरबाट ६६ करोड ३१ लाख ४८  हजार, ब्याजबापत चार करोड ७५ लाख ९६ हजार, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत रु २६ करोड ५० लाख पाँच हजार राजस्व संकलन गरेको छ । कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताए। 

उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ०१ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष