अर्थसंक्षेप : २५ करोडसम्म पुँजी भएका कम्पनीले आईपीओ जारी गर्न पाउने, १२ प्रतिशतले बढ्यो राजस्व संकलन | Khabarhub Khabarhub

अर्थसंक्षेप : २५ करोडसम्म पुँजी भएका कम्पनीले आईपीओ जारी गर्न पाउने, १२ प्रतिशतले बढ्यो राजस्व संकलन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

२५ करोडसम्म पुँजी भएका कम्पनीले पनि आईपीओ जारी गर्न पाउने

नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ ।

जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् ।

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी– बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।

अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ ।

१२ प्रतिशतले बढ्यो राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड तीन लाख राजस्व संकलन भएको थियो ।

विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन

माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौं संस्करणको विराट एक्स्पोमा विद्यार्थीका लागि करिअर काउन्स्लिङ पेभिलियन राखिने भएको छ ।

औद्योगिक र व्यवसायिक दक्ष जनशक्ति उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षिक जनशक्तिलाई स्वदेशमै राखी रोजगारीका अवसर सृजना गर्ने प्रयासस्वरुपः करिअर काउन्स्लिङ पेभिलियन राख्न लागिएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।

नबिल बैंकद्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै

नेप्से परिसूचक सात अंकले घट्यो

धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सात दशमलव ३३ अंकले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् ।

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् । बिहिबार पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐन कानून अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरे ।

उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।’

ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उनको भनाइ थियो । फरक प्रसङ्गमा उनले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताए।

कर विवादमा महानगरले भन्यो- बागमतीका मन्त्रीले कुरै नबुझी गैरजिम्मेवार अभिव्यक्ति दिए 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : १६ बजे

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान

बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि

‘विमानस्थल घाममा सुकाउँदा १८ खर्ब लगानी धरापमा’

काठमाडौं – सरकारले नेपालको विकास र समृद्धि निम्ति ऊर्जा, पर्यटन,