फिलिपिन्सद्वारा विवादित जलक्षेत्रमा चीनले युद्धपोत तैनाथीको विरोध « Khabarhub

फिलिपिन्सद्वारा विवादित जलक्षेत्रमा चीनले युद्धपोत तैनाथीको विरोध


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवादित समुद्री क्षेत्रमा चीनले युद्धपोत तैनाथ गरेको भन्दै फिलिपिन्सले कडा निन्दा गरेको छ । आफ्नो विशेष आर्थिक क्षेत्र भनेर दाबी गर्ने समुद्री क्षेत्रमा चिनियाँ युद्धपोत तैनाथ भएपछि फिलिपिन्सले निन्दा गरेको हो ।

फिलिपिन्सले चीनलाई औपचारिक विरोधपत्र लेख्दै उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सन् २०२२ मा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता फिलिपिन्सले चीनलाई झण्डै २ सय वटा यस्ता विरोधपत्र बुझाइसकेको छ ।

हालैमात्र दक्षिण चीन सागरको स्कारबोरो शोल क्षेत्रमा चिनियाँ तटरक्षक बलका दुई वटा युद्धपोत देखा परेको थियो । तीमध्ये एउटा युद्धपोत अत्यन्त ठूलो रहेको जनाइएको छ ।

द मोनस्टर नाम दिइएको उक्त युद्धपोतको लम्बाइ १ सय ६५ मिटर छ । यो युद्धपोत चिनियाँ तटरक्षक बलको मातहतमा रहेको सबैभन्दा ठूलो ‘५९०१’ हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको