तरकारीखेतीबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी | Khabarhub Khabarhub

तरकारीखेतीबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि डेढ बिघा जग्गा भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन् ।

उनले वर्षमा सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानिएको छ ।

अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । ‘तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ’, सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।’

तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्कीले बताए । सुरुका दिनमा नदीको बगरमा मौसमी तरकारी खेती गरेका सार्कीले विस्तारै दायरा बढाएका हुन् ।

आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको विगत सम्झिँदै सार्कीले भने, ‘पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारी खेतीमै लगाएर काम गर्दै गएँ’, उनी भन्छन्, ‘त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएका छन् ।

बाह्रै महिना तरकारीखेती गर्दै आएका उनको बारीमा अहिले गोलभेँडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

हरियो खुर्सानी मात्र एक महिनामा २० हजारको बेचेको सार्कीले बताए । उनको बारीमा गोलभेँडा मात्र ५० हजार रुपैयाँ बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रो, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ५९ बजे

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले