सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल « Khabarhub

सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल

लिभरपुलसँगको दुरी घटाउँदै आर्सनल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैकल्पिक खेलाडी माइकल मेरिनोले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा आर्सनलले लिसेस्टर सिटीलाई २-० ले हराएको छ।

खेलके ८१ औँ मिनेटमा मेरिनोको दोस्रो गोलका लागि भने १७ वर्षीय प्रभावशाली खेलाडी एथल ऐनवारिले अवसर सिर्जना गरेका थिए। यसअघि उनको दुई पटकको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

त्यसैगरी गएराति भएको अर्को खेलमा नटिङघम फरेस्ट फुलहामसँग २–१ ले पराजित भयो। बोर्नमाउथले साउथ हामटनलाई ३-१ ले हरायो। इप्सविच र अस्टन भिल्लाको खेल १-१ गोलको बराबरीमा सकियो। ब्रेन्टफोर्डले वेस्टहामलाई १-० ले हरायो।

प्रिमियरसिपको तालिकामा लिभरपुल ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने आर्सनलको ५३ अङ्क छ। पराजयका बाबजुद फरेस्ट ४७ अङ्क सहित तेस्रो स्थानमा छ। म्यानचेस्टर सिटीको ४४ तथा बोर्नमाउथ र चेल्सीको ४३ अङ्क छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : २२ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको