राप्रपाले पोखरा, बुटवल र धनगढीमा प्रदेशस्तरीय आमसभा गर्ने « Khabarhub

राप्रपाले पोखरा, बुटवल र धनगढीमा प्रदेशस्तरीय आमसभा गर्ने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।

माघ महिनामा सङ्गठन सुदृढीकरण र साना सभाहरू गरेको राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरास्थित चिप्लेढुङ्गा, फागुन १५ गते लुम्बिनीको बुटवल तथा फागुन १८ गते सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा, बुटवल र धनगढीमा हुने सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने उनको भनाइ छ ।


राप्रपाले सरकारको गलत कार्यशैलीदेखि भ्रष्टाचार, सर्वत्र बेथितिको विरोध गर्ने र जनजीविकाका मुद्दाहरू, आफ्ना एजेण्डाका पक्षमा जनतालाई जागरुक तुल्याउन र जनमत निर्माण गर्न देशैभर विविध कार्यक्रमहरू गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने, ‘०८२ साल बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौँ, यतिबेला सबै स्थानीय तहको सङ्गठन चलायमान भइरहेको छ ।’

राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिँदै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : १७ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको