उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य बुझ्न कीर्तिपुर पुगे राष्ट्रपति « Khabarhub

उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य बुझ्न कीर्तिपुर पुगे राष्ट्रपति


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पोखरामा भएको बेलुन विस्फोटपछिको आगलागीमा घाइते भइ उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा आगलागी हुँदा जलेर घाइते भएपछि काठमाडौं ल्याएर उपचारका लागि बर्न अस्पतालमा भर्ना गरिएको थियो । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ३० बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ