नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु | Khabarhub Khabarhub

नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा अत्यधिक भीडका कारण शनिबार राति कम्तीमा १८ जनाको ज्यान गएको छ।

अस्तव्यस्त रहेको रेलवे स्टेशनमा अचानक मच्चिएको भागदौडका क्रममा १८ जनाले ज्यान गुमाएका हुन् ।

यस क्रममा कयौँ मानिस घाइते भएका छन् । यो भागदौडका क्रममा केही नेपाली पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

यो घटनापछि रेलवेले यस मामिलामा उच्चस्तरीय जाँचको आदेश दिएको छ । घटनास्थलमा एनडीआरएफको टोली पनि पुगेको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका उपराज्यपाल, कार्यवाहक मुख्यमन्त्री आतिशीसमेत कयौँले दु:ख व्यक्त गरेका छन् ।

भागदौडका क्रममा त्यहाँ कुल्लीहरू सहयोगमा जुटेका थिए । स्टेशनमा रहेका कुल्ली कृष्ण कुमार जोगीले बताएअनुसार प्रयागराज जाने रेल आएपछि भीड बढेको थियो । रेल आएपछि भएको ठेला ठेलका क्रममा मानिसहरू उकुसमुकुस भएका थिए । करिब १०-१५ जनाको त्यहीँ मृत्यु भयो ।

भागदौडपछि स्टेशनमा केबल मानिसका जुत्ता र चप्पल मात्रै थिए । प्लेटफर्म १२ मा पर्खिरहेको भीड र बाहिरबाट आएको भीड प्लेटफर्म १६ मा जाने क्रममा यो घटना भएको हो । त्यही क्रममा मानिसहरूबीच ठेलाठेल हुन थाल्यो ।

डक्टर राम मनोहर लोहिया अस्पतालमा पोस्टमार्टमका लागि ५ वटा शव लगिएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले एक्समा पोस्ट लेख्दै नयाँ दिल्ली रेलवे स्टेशनमा भएको घटनामा महाकुम्भ गइरहेका श्रद्धालुको मृत्यु दुर्भाग्यपूर्ण र दर्दनाक भनेका छन् ।

यसैबीच दिल्ली रेलवे स्टेशनमा भएको घटनापछि मृतकका परिवारजन र घाइतेका लागि सरकारकोतर्फबाट क्षतिपूर्ति घोषणा गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : १७ बजे

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

मिलान– इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना

सभामुखलाई ज्ञानेन्द्र शाहीले भने : जेन-जीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि

कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

गण्डकीं– कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौं–  काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल

युवाहरू अघिपछि लगाएर राजबाघ महल पुगे ओली (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेकपा