झापामा ६१६ नयाँ क्षयरोगी फेला | Khabarhub Khabarhub

झापामा ६१६ नयाँ क्षयरोगी फेला


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । जसमा ३७९ पुरुष र २१९ महिला छन् ।

चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनकाृ भनाइ छ । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए ।

आर्थिक वर्ष २०७९–८० मा एक हजार ४५ र आव २०८०–८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए । नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनको भनाइ छ ।

जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोतव्यक्ति दासले बताए । जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले ६ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक पाँचसय रुपैयाँ प्रोत्साहन रकम दिने गरिएको छ ।

सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

क्षयरोग के हो ?
श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् ।

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : ३३ बजे

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ

स्वास्थ्य मन्त्रालयद्वारा अर्थसमक्ष २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं– आर्थिक वर्ष २०८-२८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन्