साढे १९ अंकले बढ्यो नेप्से, कारोबार कति ?  « Khabarhub

साढे १९ अंकले बढ्यो नेप्से, कारोबार कति ? 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले बढेर २६९८ विन्दुमा पुगेको छ ।
 
आज नेप्से ०.७३ प्रतिशतले बढ्दा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बारबारको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर कारोबार भएको छ । 

आज १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९६ हजार २८२ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फाण्ड ०.११ प्रतिशतले र निर्जीवन बीमा १.२८ प्रतिशतले घटेको छ । 

आज बसैभन्दा बढी फाइनान्स समूह ४.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०८ प्रतिशतले बढेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह ०.९८ प्रतिशतले, होटल तथा पर्यटन १.९५ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी १.१७ प्रतिशतले, जीवन बीमा ०.३९ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, अन्य समूह ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०२५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : १४ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको