बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते « Khabarhub

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

आफन्तले गरे साँफे–मार्तडी सडकखण्ड बन्द


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

धनगढी– बसको ठक्करबाट छोराको मृत्यु र आमा घाइते भएपछि आफन्तले साँफे मार्तडी सडक बन्द गरेका छन् । दोषी माथि कारबाही, उचित क्षतिपूर्ति र घाइतेको उपचारको मागसहित सडक बन्द गराएका हुन् । 

बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको छ । 

भने मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय घाइते भएकी हुन् । बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र छोरालाई बसले ठक्कर दिएको हो । 

घाइते अवस्थामै उपचारका लागि बाजुरा जिल्ला अस्पताल ल्याइएका छोराको उपचारकै क्रममा मृत्यु भइसकेको छ । भने आमालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो । 

गर्भवती समेत रहेकी मृतककी आमाको खुट्टा च्यापिएर गम्भीर चोट लागेको छ । धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले पसल अघि घाम तापेर बसीरहेका आमा छोरालाई च्यापेको हो । 

सडक बन्द गरेपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत जिल्ला जाने र बाजुरा सदरमुकाम मार्तडीसम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्त नवराज पाध्यायले उचित क्षतिपूर्ति सहितको माग गर्दै सडक बन्द गरेको बताएका छन् । 

घटना साँफे मार्तडी सडक खण्डमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा भएका हो ।

दुई हप्ता पहिलो मात्रै बुढीगंगा नगरपालिकामै बसकै ठक्करबाट एक जना बालकको मृत्यु भएको थियो । सडक छेउनजिकै राखिएका होटल पसलहरूमा बस्ने बालबालिका खेल्नका लागि सडकमा आउने र 

तीव्र गतिमा रहेका सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : २३ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग