कर्णाली उत्सव भोलिबाट सुरु हुने « Khabarhub

कर्णाली उत्सव भोलिबाट सुरु हुने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । 

यस वर्षको छैटौँ  संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलमा सोमबारबाट सुरु भई तीन दिन चल्नेछ ।
 
तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ । 

परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए । 

‘यसले मूलतः कर्णालीलाई केलाउँछ समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिन्छ र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ,’ उनले भने,‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो ।’ 

समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । 

‘सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ उनले भने,‘उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उठेका कुराकानीहरूले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गरोस् भन्ने नै हाम्रो लक्ष्य हो ।’ 

तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ५० बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु