फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ | Khabarhub Khabarhub

फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उनको खुला द्वार आप्रवासी नीतिको आलोचना गरेका छन् र संसद्मा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उनको आक्रोश बेहोरेका छन् ।

उन्सत्तरी वर्षीय कानून व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ । लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उनी करोडपति बनेका छन् तर उनले कहिल्यै सरकारी नेतृत्वको पद सम्हालेका छैनन् । 

यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोजेका छन् र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गरेका छन् ।

वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु/सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गरेका छन् ।

व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गरेका छन् ।

गत हप्ता संसद्मा मेर्जले स्कोल्ज र उनीका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गरे  ।

‘तपाईँलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे ?’ मेर्जले व्यङ्ग्यात्मक रूपमा सोधे, ‘उनीहरूले तपाईँलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।’

मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।

शून्य सहनशीलता

उनीका कडा प्रस्तावहरू मध्ये शरण खोजे पनि कागजातविहीन आप्रवासीहरूलाई जर्मन सीमाबाट रोक्ने योजना छ । यो कानूनी अधिकार हो । साथै प्रस्तावमा निर्वासनको प्रतीक्षामा रहेकाहरूलाई हिरासतमा राख्ने योजनासमेत छ ।

मेर्जले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भनेका थियो र केही युक्रेनी युद्ध शरणार्थीहरूलाई ‘सामाजिक कल्याण पर्यटन’ को आरोप लगाएका थिए । पछि उनले माफी माग्नु परेको थियो ।

लामो समयदेखिको मान्यता तोड्दै अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा आफ्नो आप्रवासन कडाइको प्रस्ताव पारित गरेपछि गत महिना मेर्जले संसद्मा ठूलो हलचल मच्चाए र सडक प्रदर्शनको लहर ल्याए  ।

दक्षिणपन्थी मोडका अन्य सङ्केतहरूमा मेर्जले ‘शून्य सहनशीलता’ कानून र व्यवस्था अभियान, गाँजा वैधानिकता उल्ट्याउने, ‘वोक’ नीतिहरू र लैङ्गिक–संवेदनशील भाषा सीमित गर्ने र आणविक ऊर्जामा फर्कने अध्ययन गर्ने वाचा गरेका छन् ।

यी सबैले एएफडीबाट मतदाताहरूलाई फर्काउने मेर्जको तर्क छ ।

तर यदि उनले जिने भने गठबन्धन साझेदार खोज्दा सम्भवतः स्कोल्जको सोसल डेमोक्रेटसँग केही नीतिहरू नरम बनाउनु पर्ने हुनसक्छ ।

स्कोल्जले आफ्ना प्रतिद्वन्द्वीलाई ‘चिडचिडाहट व्यक्ति’ का रूपमा चित्रण गर्न खोजेका छन् र एएफडीसँगको उनको सम्बन्धले एक दिन उहाँले अति–दक्षिणपन्थी पार्टीसँग शासन गर्ने सङ्केत गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई मेर्जले कडा रूपमा अस्वीकार गरेका छन् ।

समाचार पत्रिका डेर स्पिगेलले मेर्जलाई द्वन्द्वलाई व्यक्तिगत रूपमा लिने र कहिलेकाहीँ रिसको आवेगमा आउने बताएको छ । –रासस
 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : १० बजे

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

भोजपुर– भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली– कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ