जनस्वराज पार्टी घोषणा « Khabarhub

जनस्वराज पार्टी घोषणा


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ ।

यही असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जनस्वराज पार्टीको घोषणा गरिएको संयोजक साहले जानकारी दिए ।

भेलाले साहको संयोजकत्वमा प्रशिक्षण विभाग र इन्जिनियर सुरेन्द्रनारायण यादवको संयोजकत्वमा आर्थिक विभागसमेत गठन गरेको छ । पार्टी संयोजक साह यसअघि जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष र आर्थिक विभाग संयोजक यादव जनमतकै कोषाध्यक्ष थिए ।

उक्त पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गर्न, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापित गर्न, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिततासहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायत उद्देश्य लिएको संयोजक साहले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा