चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन « Khabarhub

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो ।

चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।

“चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ”, उनले भने, “प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरूसमेत सहमत भएका छन् ।”

चाडपर्वमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडादर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउनेलगायत समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गर्ने प्रजिअ श्रेष्ठले जानकारी दिए ।

प्रशासन र यातायात व्यवसायीबीच यसअघि भएको बैठकले तोकेको भाडादरअनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ६१०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ५०० कायम गरिएको थियो ।

जिपमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार तथा दिक्तेल–धरान–विराटनगर तथा विराटनगर–धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १०० कायम गरेर कार्यान्वयनमा ल्याइएको छ ।

छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनलाई यसअघि निर्धारण गरिएको दरअनुसार यात्रुबाट भाडा लिएर यात्रा गराउन प्रशासनले आग्रह गरेको छ । जिल्लामा निर्धारण गरिएको भाडादर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी सङ्घ तथा विभिन्न संस्था सम्मिलित संयुक्त टोली खटाइने प्रशासन कार्यालयले जनाएको छ ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित सबै यातायातका साधनको भाडादर पुरानै रहनेगरी कायम गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

“गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनपछि मुलुक रोइरहेको छ । यस्तो अवस्थामा सबै समस्या र चिन्तामा छन्”, उनले भने, “देश निर्माणका लागि यातायात व्यवसायीको महत्त्वूर्ण भूमिका हुन्छ । यात्रुको सहजताका लागि हाललाई पुरानै भाडादर कायम गरेका हौँ । यदी कसैले तोकिएको भाडादरभन्दा बढी लिएको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ ।”

दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका साधन सञ्चालन हुन्छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनबाट यात्रुहरू सबैभन्दा बढी ठगिने गरेका गुनासो आउने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : ०३ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,