प्रभुलाई साथ दिँदै लेखनाथले भने- सरकार विरोधीप्रति निरंकुश हुँदै गएको छ « Khabarhub

प्रभुलाई साथ दिँदै लेखनाथले भने- सरकार विरोधीप्रति निरंकुश हुँदै गएको छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्याउने काम गरेको बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले चार दिन अघि नै प्रधानमन्त्रीलाई लिखित रूपमा दिएको प्रश्न सोध्दा उल्टै प्रतिप्रश्न गरेर प्रधानमन्त्रीले सांसद साहलाई होच्याउने काम गरेको आरोप लगाए । 

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार सबै सांसदलाई रहेको भन्दै नियमावलीमा रहेर प्रश्न गर्दा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई त्यसलाई सहज ढंगले जवाफ दिन सक्नुपर्ने उल्लेख गरे । 

प्रधानमन्त्रीको जवाफमा नियमापत्ति गर्न पाउने अधिकार सांसदलाई रहे पनि सांसद साहलाई बोल्न नदिएको उनको भनाइ छ । उनले सरकार आफ्ना विरोधी प्रति थप निरंकुश हुँदै गएको जिकिर समेत गरे । 

सांसद दाहालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पारित नहुँदै ऐनको कार्यान्वयन प्रधानमन्त्रीले रोष्टमबाटै गरेको टिप्पणी समेत गरे । 

आइतबार भएको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा ओलीले प्रभु साहको प्रश्नको जवाफ दिएका थिएनन् ।

यो पनि पढ्नुहोस् :

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ५८ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको