प्रभुलाई साथ दिँदै लेखनाथले भने- सरकार विरोधीप्रति निरंकुश हुँदै गएको छ « Khabarhub

प्रभुलाई साथ दिँदै लेखनाथले भने- सरकार विरोधीप्रति निरंकुश हुँदै गएको छ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्याउने काम गरेको बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले चार दिन अघि नै प्रधानमन्त्रीलाई लिखित रूपमा दिएको प्रश्न सोध्दा उल्टै प्रतिप्रश्न गरेर प्रधानमन्त्रीले सांसद साहलाई होच्याउने काम गरेको आरोप लगाए । 

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार सबै सांसदलाई रहेको भन्दै नियमावलीमा रहेर प्रश्न गर्दा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई त्यसलाई सहज ढंगले जवाफ दिन सक्नुपर्ने उल्लेख गरे । 

प्रधानमन्त्रीको जवाफमा नियमापत्ति गर्न पाउने अधिकार सांसदलाई रहे पनि सांसद साहलाई बोल्न नदिएको उनको भनाइ छ । उनले सरकार आफ्ना विरोधी प्रति थप निरंकुश हुँदै गएको जिकिर समेत गरे । 

सांसद दाहालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पारित नहुँदै ऐनको कार्यान्वयन प्रधानमन्त्रीले रोष्टमबाटै गरेको टिप्पणी समेत गरे । 

आइतबार भएको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा ओलीले प्रभु साहको प्रश्नको जवाफ दिएका थिएनन् ।

यो पनि पढ्नुहोस् :

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ५८ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी