माधव नेपालको दाबी- अध्यादेश पास गर्न प्रलोभन देखाउँदै अर्को कोसिस गर्दैछन् « Khabarhub

माधव नेपालको दाबी- अध्यादेश पास गर्न प्रलोभन देखाउँदै अर्को कोसिस गर्दैछन्


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गत पुसमा जारी ६ वटा अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थालेको बताएका छन् ।

आइतबार पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेमा दम्भ सवार भएको पनि टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय सभामा संख्या पुर्‍याउन लोभ लालच दिने कोशिश भएको छ । फेरि नयाँ कोशिस जारी छ । हामी सही कुराको समर्थन गर्छौं, गलत कुराको विरोध गर्छौं । सबै कुरा अहिले भन्दैनौँ’, उनले भने, ‘राजनीतिमा कतिपय कुराहरू हुन्छन्, छलफल गर्दै जानुपर्छ । मूल नीति प्रष्ट छ, गलत कुरालाई साथ दिन सकिँदैन ।’

कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान, ऐन, कानुन मिचेर अगाडि बढिरहेको आरोप पनि उनले लगाए ।

संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोमा उनले आपत्ति जनाए । अहिलेको सरकार कानुनको रक्षक हुनुपर्ने भक्षक भएको दाबी गरे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दलाल, पुँजीपति र विचौलियालाई पोस्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाए ।

‘सत्तामा रहेका दुई पार्टीमा दम्भ सवार भएको छ । दम्भ भएकाले संविधान, कानुन मिच्न सकिन्छ भन्ने मान्यता उनीहरूमा छ । कतिपयलाई मुर्ख बनाउन सकिन्छ भनेर नै त्यस्तै काम विगतमा पनि गरे’, उनले भने, ‘तर, यो असत्य धेरै समय टिक्दैन । हामी सबैलाई थाहा छ– संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश जारी गर्न पाइँदैन । त्यो कानुन उल्लंघन गरेर सरकार अगाडि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार भक्षक भएको छ ।’

संसद् अधिवेशन बोलाउनुपर्ने बेला छलेर अध्यादेश ल्याउने काम भएको बताउँदै उनले अध्यादेशबाट ३० वटा कानुन संशोधन पछाडि राम्रो नियत नदेखिएको उल्लेख गरे ।

उनले मिडियालाई नियन्त्रण गर्ने सरकारको कामको व्यापक भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले विपक्षी दलको खबरदारीकै कारण संसद् बोलाउन सरकार तयार भएको बताए । उनले आगामी दिनमा सरकारको गलत कामविरुद्ध एक भएर लाग्ने बताए । उनले सरकारको गलत कुरामा साथ दिन नसक्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ०१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट