विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना « Khabarhub

विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ ।  

आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले संयुक्त रूपमा भूमि समस्या समाधान आयोग कार्यालय उद्घाटन गरे । 

भूमि समस्या समाधान आयोगका कोशी संयोजक अनिल कृष्ण प्रसाईँले सरकारले ३ वर्षभित्र भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने लक्ष्य लिएकाले आयोगले प्रभावकारी रूपमा काम गर्ने बताए ।

उनले पहिलो चरणमा सामान्य र कम जग्गा भएका सुकुम्वासीलाई पुर्जा दिने र जटिल समस्यालाई बिस्तारै समाधान गर्ने गरी काम गर्ने जानकारी दिए  ।  

मुलुकभर करिब १० लाख ९७ हजार २ सय ९८ वटा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासोकी समस्या रहेकोमा कोशी प्रदेशमा करिब २ लाख ३० हजार सुकुम्वासीको निवेदन दर्ता रहेको छ । 

भूमि समस्या समाधान आयोग गठन भएपछि पहिलो पटक कोशी प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिएको आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : २१ बजे

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको