विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना « Khabarhub

विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको विराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ ।  

आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले संयुक्त रूपमा भूमि समस्या समाधान आयोग कार्यालय उद्घाटन गरे । 

भूमि समस्या समाधान आयोगका कोशी संयोजक अनिल कृष्ण प्रसाईँले सरकारले ३ वर्षभित्र भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने लक्ष्य लिएकाले आयोगले प्रभावकारी रूपमा काम गर्ने बताए ।

उनले पहिलो चरणमा सामान्य र कम जग्गा भएका सुकुम्वासीलाई पुर्जा दिने र जटिल समस्यालाई बिस्तारै समाधान गर्ने गरी काम गर्ने जानकारी दिए  ।  

मुलुकभर करिब १० लाख ९७ हजार २ सय ९८ वटा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासोकी समस्या रहेकोमा कोशी प्रदेशमा करिब २ लाख ३० हजार सुकुम्वासीको निवेदन दर्ता रहेको छ । 

भूमि समस्या समाधान आयोग गठन भएपछि पहिलो पटक कोशी प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिएको आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : २१ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु