माधव नेपाल भन्छन् : म उत्तर कोरियाबाट फर्केपछि जादु भयो, ट्रम्पले किमलाई भेटे « Khabarhub

माधव नेपाल भन्छन् : म उत्तर कोरियाबाट फर्केपछि जादु भयो, ट्रम्पले किमलाई भेटे


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले विश्वभूराजनीति जटिल अवस्थामा रहेको बताएका छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार काठमाडौंमा सम्बोधनका क्रममा रसिया-युक्रेन युद्व र मध्यपूर्वसहितको समस्या विश्वराजनीति जटिल मोडमा रहेको बताएका हुन् ।

‘अहिले गाजा क्षेत्र खाली गर्ने कुरा छ । साउदी अरेबिया र इरानको आफ्नो समस्या छ । विश्वपरिस्थिति जटिल बन्दै गइरहेको छ’, उनले भने, ‘हामी एउटा अनुमान गर्छौँ तर अर्को हुन्छ । त्यसैले हामीले सोचेर बुझेर मात्रै हाम्रा कदम चाल्नुपर्ने हुन्छ । विश्वराजनीति सहज बाटोमा छैन ।’

पूर्वप्रधानमन्त्री नेपाल त्यसक्रममा वि.सं. २०७४ साउन अन्तिम सातादेखि एक साता लामो भ्रमणपछि भदौ ३ गते स्वदेश फर्किएका थिए । उनी त्यसबेला नेकपा एमालेको वरिष्ठ नेताका रुपमा थिए ।

‘म उसबेला उत्तर कोरिया जान खोजेँ । २ हजार जना मानिसको नेतृत्व गर्दै म त्यता लागेको थिएँ’, उनले विगत स्मरण गर्दै भने, ‘तर, मलाई केपी ओलीजी (तत्कालीन एमाले अध्यक्ष) ले दबादब दिनु थाल्नु भयो । अमेरिका, जापान र दक्षिण कोरिया रिसाउँछन् नजानुस् भनेर । यी तीनै देशका राजदूत मकहाँ आएर नजानु भनेर दबाब दिए । उत्तर कोरियालाई नउकास्‍नुस् भन्ने उनीहरूको कुरा थियो ।’

तर आफू दबाबकाबीच उत्तर कोरिया गएको उनले बताए । अध्यक्ष नेपालले आफू उत्तर कोरियाबाट फिरेपछि दुई कोरियाका राजदूत र राष्ट्रपतिबीच भेटवार्ता भएको भन्दै त्यसलाई चानचुने मान्न नसकिने बताए ।

‘म फर्किएपछि के जादु, के गजब भयो कुन्नि ? उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेट भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किमजोङ ऊनबीच पनि भेटवार्ता भयो । के भएछ कुन्नि, म उत्तर कोरिया गएपछि त गजब पो भएछ ।’

माधव नेपाल २०७४ भदौ पहिलो साता उत्तरकोरियाबाट फर्किएका थिए । त्यसपछि २०७५ जेठ २७ गते मात्रै ट्रम्प र किमबीच पहिलो वार्ता सिंगापुरमा भएको हो ।

आफ्नो भ्रमणपछिको यो उपलब्धिले जादु चलेको बताउँदै आफैं पनि छक्क परेको उनले बताए । ‘उत्तर र दक्षिणका राजदूतको भेट भएछ, खै त्यस्तो के के जादु भयो कुन्नि ? सुरुमा मलाई नजानु भन्ने राजदूतहरू नै आएर जादु नै भएको भन्दै मसँग खुसी साटे, पहिले रिसाएकाहरू तपाईं उत्तर कोरिया गएपछि त गजबै भयो नि भन्न थाले ।’

उनले विश्व राजनीतिलाई स्थिरता दिन नेपालले पनि भूमिका खेल्न सक्ने तर्क गरे ।

‘हामीले पनि त्यसमा भूमिका खेल्न सक्दछौँ । हाम्रोबाट प्रभावित हुन्छन् भन्ने होइन, तर हामीले केही न केही सकारात्मक पहल गर्न सक्छौँ । हाम्रो मनोगत चहानाले मात्र हुँदैन, वस्तुगत अध्ययन राम्रोसँग गर्नुपर्छ’, उनले भने, ‘कोलम्बियाका राष्ट्रपतिले त्यहाँ गृहयुद्ध चलिरहेकाले नेपालसँग मिलेर शान्ति प्रक्रिया अघि बढाउन प्रस्ताव राखेका थिए । नेपालले शान्ति प्रक्रियाका लागि अपनाएको बाटो अनुकरणीय छ भन्ने उनको भनाइ थियो । त्यसैले हामीले हीन मनोभावना त्याग्नु्पर्छ, विश्वराजनीतिमा केही योगदान गर्न सकिन्छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : २९ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन