माधव नेपाल भन्छन् : म उत्तर कोरियाबाट फर्केपछि जादु भयो, ट्रम्पले किमलाई भेटे « Khabarhub

माधव नेपाल भन्छन् : म उत्तर कोरियाबाट फर्केपछि जादु भयो, ट्रम्पले किमलाई भेटे


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले विश्वभूराजनीति जटिल अवस्थामा रहेको बताएका छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार काठमाडौंमा सम्बोधनका क्रममा रसिया-युक्रेन युद्व र मध्यपूर्वसहितको समस्या विश्वराजनीति जटिल मोडमा रहेको बताएका हुन् ।

‘अहिले गाजा क्षेत्र खाली गर्ने कुरा छ । साउदी अरेबिया र इरानको आफ्नो समस्या छ । विश्वपरिस्थिति जटिल बन्दै गइरहेको छ’, उनले भने, ‘हामी एउटा अनुमान गर्छौँ तर अर्को हुन्छ । त्यसैले हामीले सोचेर बुझेर मात्रै हाम्रा कदम चाल्नुपर्ने हुन्छ । विश्वराजनीति सहज बाटोमा छैन ।’

पूर्वप्रधानमन्त्री नेपाल त्यसक्रममा वि.सं. २०७४ साउन अन्तिम सातादेखि एक साता लामो भ्रमणपछि भदौ ३ गते स्वदेश फर्किएका थिए । उनी त्यसबेला नेकपा एमालेको वरिष्ठ नेताका रुपमा थिए ।

‘म उसबेला उत्तर कोरिया जान खोजेँ । २ हजार जना मानिसको नेतृत्व गर्दै म त्यता लागेको थिएँ’, उनले विगत स्मरण गर्दै भने, ‘तर, मलाई केपी ओलीजी (तत्कालीन एमाले अध्यक्ष) ले दबादब दिनु थाल्नु भयो । अमेरिका, जापान र दक्षिण कोरिया रिसाउँछन् नजानुस् भनेर । यी तीनै देशका राजदूत मकहाँ आएर नजानु भनेर दबाब दिए । उत्तर कोरियालाई नउकास्‍नुस् भन्ने उनीहरूको कुरा थियो ।’

तर आफू दबाबकाबीच उत्तर कोरिया गएको उनले बताए । अध्यक्ष नेपालले आफू उत्तर कोरियाबाट फिरेपछि दुई कोरियाका राजदूत र राष्ट्रपतिबीच भेटवार्ता भएको भन्दै त्यसलाई चानचुने मान्न नसकिने बताए ।

‘म फर्किएपछि के जादु, के गजब भयो कुन्नि ? उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेट भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किमजोङ ऊनबीच पनि भेटवार्ता भयो । के भएछ कुन्नि, म उत्तर कोरिया गएपछि त गजब पो भएछ ।’

माधव नेपाल २०७४ भदौ पहिलो साता उत्तरकोरियाबाट फर्किएका थिए । त्यसपछि २०७५ जेठ २७ गते मात्रै ट्रम्प र किमबीच पहिलो वार्ता सिंगापुरमा भएको हो ।

आफ्नो भ्रमणपछिको यो उपलब्धिले जादु चलेको बताउँदै आफैं पनि छक्क परेको उनले बताए । ‘उत्तर र दक्षिणका राजदूतको भेट भएछ, खै त्यस्तो के के जादु भयो कुन्नि ? सुरुमा मलाई नजानु भन्ने राजदूतहरू नै आएर जादु नै भएको भन्दै मसँग खुसी साटे, पहिले रिसाएकाहरू तपाईं उत्तर कोरिया गएपछि त गजबै भयो नि भन्न थाले ।’

उनले विश्व राजनीतिलाई स्थिरता दिन नेपालले पनि भूमिका खेल्न सक्ने तर्क गरे ।

‘हामीले पनि त्यसमा भूमिका खेल्न सक्दछौँ । हाम्रोबाट प्रभावित हुन्छन् भन्ने होइन, तर हामीले केही न केही सकारात्मक पहल गर्न सक्छौँ । हाम्रो मनोगत चहानाले मात्र हुँदैन, वस्तुगत अध्ययन राम्रोसँग गर्नुपर्छ’, उनले भने, ‘कोलम्बियाका राष्ट्रपतिले त्यहाँ गृहयुद्ध चलिरहेकाले नेपालसँग मिलेर शान्ति प्रक्रिया अघि बढाउन प्रस्ताव राखेका थिए । नेपालले शान्ति प्रक्रियाका लागि अपनाएको बाटो अनुकरणीय छ भन्ने उनको भनाइ थियो । त्यसैले हामीले हीन मनोभावना त्याग्नु्पर्छ, विश्वराजनीतिमा केही योगदान गर्न सकिन्छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : २९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को