अर्थमन्त्रीले गरे दातृ निकायका स्थानीय प्रमुखहरूसँग छलफल « Khabarhub

अर्थमन्त्रीले गरे दातृ निकायका स्थानीय प्रमुखहरूसँग छलफल


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको छ । उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरू, नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूका प्रमुख तथा प्रतिनिधिहरू, मिशनका प्रतिनिधिहरू र बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया भएको हो ।

उक्त बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरू प्रकाश पारे । साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात् गठित अन्तरिम सरकार युवाहरूको चाहना अनुरूप पारदर्शिता, जबाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए । 

आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिइने उल्लेख गरे । 

कार्यक्रममा विकास साझेदारहरूको तर्फबाट संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधिहरू, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाए । 

विकास साझेदारहरूले चालु रहेका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ३६ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल