नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको सुरुवात « Khabarhub

नेपालमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको सुरुवात


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामसङ नेपालले ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । 

ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको कम्पनीको दाबी छ । 

अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन् । सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, ‘एस सिरिज – ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ ले एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन् ।’

कम्पनीका अनुसार ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ ।

नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ ।  

सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

हेर्नुहोस् मूल्य सुचिसहित :

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ४४ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको