हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै « Khabarhub

हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय र स्थानीय जुटेका छन् ।

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय प्रयासरत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए।

आगलागीबाट दुईवटा घरमा पूर्णरुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । आगो निभाउन पानी अभाव भएको उनले बताए । आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको हो । ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : २२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा