आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु : केही राज्यमा जोखिमको चेतावनी « Khabarhub

आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु : केही राज्यमा जोखिमको चेतावनी


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

टेक्सस – टेक्सस – अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन्। दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए। टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ।

साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ। त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ। साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ।

त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ। राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ।

विभागले अझ डरलाग्दो समस्याको आङ्कलन गरेको छ। मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ।

अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन्। ओकाहामामा पनि एक जानको ज्यान गएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ४५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ