हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण | Khabarhub Khabarhub

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण गरेको छ। रेड सीमा आक्रमणको तयारी गरेका कारण यो कदम लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

‘इरानको सहयोगमा सञ्चालित हाउथीले अमेरिकी एयर क्राफ्टमा आक्रमण गरेको तथा हामी र हाम्रा सहयोगीलाई निसाना बनाएका छन्’, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

ट्रम्पले उनीहरूको आक्रमणका कारण अर्बौँ डलर जोखिममा रहेको तथा धेरै जीवन पनि समस्यामा परेको बताए। हाउथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले कम्तीमा १५ जनाको ज्यान गएको बताएको छ।

हमास इजरायल युद्धको प्रतिकार स्वरूप सो समूहले पानी जहाजमा कब्जा जमाउने नीति लिएको थियो। अमेरिकी आक्रमणपछि सो समूहले प्रतिकार गर्ने जनाएको छ।

हाउथीले शनिबार साँझ साना र उत्तरी सादामा धेरै विस्फोट भएको जनाएको छ। साउदी अरेबियाको सीमामा रहेको सो स्थानमा हाउथीको धेरै प्रभाव छ। इरानको सहयोगमा सञ्चालित सो समूहको साना र यमनको उत्तर पश्चिममा धेरै पकड छ। समूहले इजरायललाई आफ्नो मुख्य शत्रु घोषणा गरेको छ।

सो समूहले अमेरिका र बेलायतले नागरिक माथि लक्षित गर्दै आक्रमण गरेको आरोप लगाएको छ। अहिलेसम्म आक्रमणमा बेलायत संलग्न भएको भने खुलेको छैन।

सन् २०२३ यता हाउथीले रेड सी र गल्फ अफ एडनलाई निसाना बनाउँदै मिसाइल र ड्रोन आक्रमण गरेको छ। उनीहरूको आक्रमणका कारण दुई जहाज डुबेको छ भने एउटा अपहरणमा लिइएको थियो। चार जना चालक दलका सदस्य मारिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले यी सबै स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ०७ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने